News Portal

  • महालक्ष्मी बैंकद्वारा पालुङका विद्यार्थीलाई न्यानो कपडा वितरण

    आर्थीकसंसार संवाददाता४ माघ, २०७८
    ८१९ पटक
    ४ माघ, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले सुन्दरी देवी माध्यमिक विद्यालयका विद्यार्थीलाई ज्याकेट वितरण गरेको छ । बैंकको पालुङ शाखाले थाहा–७ डाँडाबासस्थित सो विद्यालयको ६३ जना विद्यार्थीलाई ज्याकेट वितरण गरेको हो ।
    विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमकाबीच पालुङ शाखाका शाखा प्रबन्धक संगीता बज्राचार्यले विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी हुन् ।
    जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय सञ्चालनमा सहयोग पुग्ने बज्राचार्यले बताइन् ।
    यस बैंकले कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्