News Portal

  • सिद्धार्थ बैंकका ग्राहकलाई चितवन मिडटाउन रिसोर्टमा छुट

    आर्थीकसंसार संवाददाता४ माघ, २०७८
    ६४८ पटक
    ४ माघ, २०७८

    काठमाडौं । सिद्धार्थ बैंक र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
    उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बाग्मती प्रदेश प्रमुख दुर्गाराज पाण्डे र चितवन मिडटाउन रिसोर्टका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन् ।
    उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले चितवन मिडटाउन रिसोर्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, वा इन्टरनेट बैंकिङ्ग प्रयोग गरेबापत होटल बसाई सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
    यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
    बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गलगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्