News Portal

  • सूर्या लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट पाइने

    आर्थीकसंसार संवाददाता२ माघ, २०७८
    ७४८ पटक
    २ माघ, २०७८

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले विषम परिस्थिती तथा विभिन्न कारणले तोकिएको समयमा बीमा शुल्क बुझाउन विलम्ब भई व्यतित भएका बीमालेखलाई ध्यानमा राखी २०७८ माघ  २९ गतेसम्म ब्याजमा छुट दिने जनाएको छ ।
    कम्पनीले २०७६ माघ  २  गतेदेखि २०७८ माघ  २९  गते (दुई वर्ष) सम्मको किस्ता व्याजमा ३५ प्रतिशत छुट दिने जनाएको छ भने बाँकि तिर्नुपर्ने सबै किस्ताको व्याजमा २५ प्रतिशत व्याज छुट दिने जनाएको छ ।
    साथै, कम्पनीको बीमा शुल्क भुक्तानी इसेवा, प्रभु पे, सेल पे, खल्ती, आइएमई पे, फोन पे र कनेक्ट आइपीएस मार्फत भक्तानी गर्न सकिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्