News Portal

  • नेपाल इन्भेष्टमेन्ट बैंकले विशेष साधारण सभा रद्द गर्यो

    आर्थीकसंसार संवाददाता२ माघ, २०७८
    ९५४ पटक
    २ माघ, २०७८

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी माघ ४ गते बोलाएको विशेष साधारण सभा रद्द भएको छ । माघ १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त वार्षिक साधारण सभा रद्द गर्ने निर्णय गरेको हो ।
    बैंकले उक्त सभामा हिमालयन बैंकसँग गाभ्ने गाभिनेसम्बन्धी विशेष प्रस्ताव गरेको लैजाँदै थियो । तर, पुस ३० गते भएको हिमालयन बैंकको साधारण सभाले सोसम्बन्धी प्रस्ताव अस्वीकृत गरेपश्चात इन्भेष्टमेन्ट बैंकले साधारण सभा रद्द गरेको हो ।

    प्रतिकृया दिनुहोस्