News Portal

  • जनउत्थान सामुदायिक लघुवित्तको ११औं वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१ माघ, २०७८
    ११३० पटक
    १ माघ, २०७८

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–९, कालिकापथस्थित होटल न्यू ईरामा सम्पन्न भएको छ । कोभिड‐१९ संक्रमण जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई सम्पन्न भएको हो ।
    वार्षिक साधारणसभाको औपचारिक उद्घाटन गर्दै संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष डा. मानबहादुर बीकेले साधारणसभा सम्पन्नताको शुभकामना दिँदै समाजबादउन्मुख अर्थतन्त्र निर्माण गर्ने हो भने राज्यले नीतिगत रुपमा राज्यले अंगिकार गरी लघुवित्त प्रवद्र्धनतर्फ ध्यान दिनुपर्ने देखिन्छ भन्दै लघुवित्तको पहिचान भनेकै जस्तोसुकै महामारी चाहे स्वास्थ्य महामारी होस्, चाहे औद्योगिक महामागरी होस्, चाहे प्राकृतिक विपत्ति नै किन नहोस् हरेक सुख दुःखमा समूह सदस्यहरुलाई उनीहरुकै घरदैलोमा पुगी लाभ पुर्याउनु हो यो कार्यमा जनउत्थान उदाहरणीय रहेको बताए ।
    उक्त वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७७/७८ को मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजी रु. ११ करोड ८३ लाख २४ हजार ८ सयको १.३१५७ प्रतिशतले हुन आउने रकम रु. १५ लाख ५६ हजार ९ सय ६ रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र २५ प्रतिशतले हुने रकम रु. २ करोड ९५ लाख ८१ हजार २ सयबरावरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
    संस्थाको अधिकृत पुँजी रु. १५ करोडबाट बृद्धि गरी रु. ५० करोड पुर्याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ती/समाहित गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेलगायतका महत्वपूर्ण निर्णयहरु सर्वसम्मतिले पारित गरेको छ ।
    सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाईरसका विभिन्न भेरियन्टहरुले विश्व समुदायलाई अझै पनि आक्रान्त बनाइरहेको विद्यमान विषम् परिस्थितिमा समेत वित्तीय संस्थाले प्रवाह गर्ने गुणस्तरीय सेवामा कुनै पनि प्रकारको कमी महसुस नगराई आफ्ना गतिविधिहरु सञ्चालन गरी रहेको र आगामी दिनमा समेत सो विषयमा पूर्ण सचेत रही कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्