News Portal

  • सुष्मा कोइराला मेमोरियल अस्पतालले १८ वर्ष मुनिका जलन पीडितको निःशुल्क उपचार गर्ने

    आर्थीकसंसार संवाददाता३० पुष, २०७८
    ९३७ पटक
    ३० पुष, २०७८

    काठमाडौं । सुष्मा कोइराला मेमोरियल अस्पतालले नेपालभरका १८ वर्ष मुनिका एसिडलगायत जलनबाट पीडितहरुको निःशुल्क उपचार गर्न पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडसँग सम्झौता गरेको छ । एसिडलगायत जलनबाट पीडितको निःशुल्क उपचारका लागि निजी क्षेत्रबाट वार्षिक ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सम्झौता भएको हो ।
    सम्झौतामा पाल्पा सिमेन्टका तर्फबाट कार्यकारी निर्देशकद्वय विष्णुकुमार अग्रवाल र राजेशकुमार अग्रवाल अस्पतालका निर्देशक डा. सन्तोष भण्डारी र पीडितका लागि सहयोग उपलब्धा गराउन सक्रिय उज्वलविक्रम थापाबीच हस्ताक्षर भएको हो । सम्झौता पश्चात पाल्पा सिमेन्टले अस्पताललाई उपलब्ध गराउने उक्त रकमबाट पीडितको निःशुल्क उपचार हुने बताइएको छ ।
    २५ वर्षअघि स्थापना भएको काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालले जलेर अपाङ्ग वा अङ्गभङ्ग भएका १८ वर्षमुनिकालाई अपाङ्गरहित जीवनयापनमा सहज होस भनेर निःशुल्क उपचारका लागि पाल्पा सिमेन्टसँग सहकार्य थालेको जनाएको छ ।
    आर्थिक अवस्था कमजोर भएका र स्वास्थ्य उपचारबाट बञ्चितहरुलाई यो सहकार्यले मद्दत गर्ने इन्टष्ट्रिजले जनाएको छ । यस्तो महान कार्यमा योगदान गर्ने अवसर पाएकोमा कृतज्ञ रहेको बताउँदै सुष्मा कोइराला मेमोरियल अस्पतालले समाजलाई यस्तो सेवा प्रदान गरेकोमा आभारी रहेको इन्डष्ट्रिजले जनाएको छ । आगोले जलेर उपचार नहुँदा आउन सक्ने जटिलताका कारण विशेष गरी निम्न र मध्यम आए भएका बालबालिका र किशोरकिशोरी बढी पीडित छन् ।

    प्रतिकृया दिनुहोस्