News Portal

  • सेञ्चुरी क्यापिटलको सीईओमा रमेशकुमार श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता३० पुष, २०७८
    ५१६ पटक
    ३० पुष, २०७८

    काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नु हुनेछ ।
    श्रेष्ठ यसअघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो । वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भएका उहाँले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गर्नुभएको छ । उहाँ सञ्चालन, व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिनु हुन्छ ।

    प्रतिकृया दिनुहोस्