काठमाडौं । भर्चुअल राष्ट्रिय खुल्ला तेक्वान्दोमा मुलपानीले दुई स्वर्ण जित हासिल गरेको छ । मुलपानी तेक्वान्दो डोजाङले प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा २ स्वर्ण जितेको हो ।
काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितिाको पहिलो दिन ६ स्पर्धाको नतिजा आउँदा मुलापानीले २ स्वर्ण जितेको हो । त्यसबाहेक मुलपानीले ३ रजत र २ काँस्य पनि हात पार्यो । विजेश्वरी आवसीय मावि, कैलाली, रुपन्देही र चितवनले समान १–१ स्वर्ण जितेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
यु–१२ पुरुष एकलमा मुलपानीका भिजन तामाङ पहिलो भए । उनले ६.३३ अंक जोडे । काभ्रेस्थलीका मिराज केसी ९६.२३० दोस्रो तथा मुलपानीका रोनिश नगरकोटी ९६.१३० र मुलपानीकै ईश्वर पराजुली ९६.०३० तेस्रो भए । सोही स्पर्धाको महिलामा विजेश्वरीकी पुर्णीमा बस्नेतले स्वर्ण जितिन् । पुर्णीमाले ६.९३ अंक जोडिन् । मुलपानीकी मेलिना राई ९६.५०० ले रजत तथा गोदावरी फिट्नेसकी सर्गम थापा ९६.३०० र काभ्रेस्थलीकी सुस्मिता कार्की ९६.२०० ले काँस्य हात पारे ।
यु–१५ पुरुष एकलमा कैलालीका अमनकुमार कठारिया ६..२६ अंकसहित शीर्ष स्थानमा रहे । मुलपानीका आयुश ढुंगेल ९६.१४० द्वितीय तथा सैनिक महाविद्यालयका सुजन श्रेष्ठ ९६.१३० र चन्द्रसूर्यका योग्य राई ९६.०६० तृतीय बने । त्यसै स्पर्धाको महिलामा चितवनकी आचल बाज्पईं पहिलो भइन् । आचलले ६.४६ अंक प्राप्त गरिन् । ६.३३ अंकसाथ मुलपानीकी प्रगति कुइकेल दोस्रो भइन् । विजेश्वरीकी प्राप्ति पुन ९६.१६० तथा काभ्रेस्थलीकी विनिशा खड्गी ९६.१०० ले तेस्रो स्थान हासिल गरे ।
पुरुष ३१–४० वर्ष उमेर समूहको एकलमा रुपन्देहीका सुरज श्रेष्ठ पहिलो भए । उनले ५.९३ अंक जोडे । मैत्रीका रामचन्द्र व्यञ्जन्कार ९५.६६० दोस्रो तथा बागलुङका नन्द विष्ट ९५.५६० र योन्सुफका दुर्गामान तामाङ ९५.३६० तेस्रो भए । उक्त स्पर्धाको महिलामा मुलपानीकी तृप्ति बुढाथोकीले डाइनामिककी जानकी तामाङलाई पछि पार्दै स्वर्ण चुमिन् । तृप्तिले ५.४३ तथा जानकीले ५.१६ अंक जोडे ।
दुईदिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धा समावेश छन् । दोस्रो तथा अन्तिम दिन बाँकी ५ स्वर्णको टुंगो लाग्ने छ । अध्यक्ष खड्कासहित मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।
राष्ट्रिय खुला तेक्वान्दोमा मुलपानीलाई दुई स्वर्ण
आर्थीकसंसार संवाददाता१४ भदौ, २०७७
१४ भदौ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने