News Portal

  • सिन्धु विकास बैंकको सीइओमा राम कुमार गिरी नियुक्त

    आर्थीकसंसार संवाददाता२६ पुष, २०७८
    ११८६ पटक
    २६ पुष, २०७८

    काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकुमार गिरी नियुक्त भएका छन् । पुस २६ गते सोमबारदेखि लागुहुने गरी गिरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
    गिरीले नेपाल बंगलादेश बैंक, सनराईन बैंकलगायत कम्युनिटी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारीको रुपमा काम गरी सकेका छन् । उनीसँग बैंकिङ्ग क्षेत्रमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।
    उनी विगत १ वर्षदेखि सिन्धु विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए । सिन्धु विकास बैंक सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंक हो ।

    प्रतिकृया दिनुहोस्