News Portal

  • शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा सुरु

    नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य

    आर्थीकसंसार संवाददाता२७ पुष, २०७८
    ८०१ पटक
    २७ पुष, २०७८

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पौष २१ गते बुधबार बनेपा–६ को गोदाम चोकमा आफ्नो नयाँँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि हिजो बालाजु, नयाँँ बसपार्कको बि.जि. मलमा पनि आफ्नो नयाँँ स्टोर खोलेको हो । शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्देश्य पूरा गर्न नेपालभरी नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ ।
    शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “यी नयाँँ स्टोरहरु खुले पछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँगसँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पुरा हुनेछ । हामीलाई आशा छ, हाम्रा ग्राहकहरु हाम्रो यी नयाँँ स्टोरहरुमा आउनुहुनेछ र हाम्रो नयाँँनयाँँ उत्पादनहरु मन पराउनुहुनेछ ।’
    यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ । यो नयाँँ स्टोरमा सप्प्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरुजस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् । यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुन्छ । जसको फलस्वरुप मीको ग्राहकहरुले थुप्रै फाइदाहरु लिन सक्नेछन् । रिटेल प्रक्रियाको हरेक चरणमा उनीहरुले ब्रान्डसँग सिधै अन्तरक्रिया गर्न पाउनेछन् । यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुनेछ ।

    प्रतिकृया दिनुहोस्