News Portal

  • मुक्तिनाथ विकास बैंक बन्यो उत्कृष्ट बैंक

    आर्थीकसंसार संवाददाता२५ पुष, २०७८
    ७६५ पटक
    २५ पुष, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लबद्वारा आयोजित अवार्डमा मुक्तिनाथ बैंक वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा सम्मानित भएको हो ।
    उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । उक्त सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने ऊर्जा मिलेको पोखरेलले बताए ।
    बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस्