काठमाडौं । शिखर इन्स्योरेन्स ‘अवार्ड फर कर्र्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले जीवन तथा निर्जीवन बीमा विधातर्फ शिखर इन्स्योरेन्सलाई उक्त अवार्ड प्रदान गरेको हो ।
क्लबले विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरु तथा अन्य विभिन्न ५ वटा आधारहरूमा विश्लेषण गरी यो अवार्ड प्रदान गरेको जनाएको छ । जसमा सुशासन तथा व्यावसायिक क्रियाकलापमा नविनता, ग्राहक सन्तुष्टि तथा ग्राहक विस्तार, सम्मानजनक ब्राण्ड पहिचान र समावेशी तथा निष्पक्ष रोजगारको वातावरण तथा उत्कृष्ट रोजगारीको अनुभवलगायतका आधारहरू छन् ।
इन्स्योरेन्सले हाल १०६ वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ, जहाँ ६१० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । शिखर इन्स्योरेन्सले मौसमी सूचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगदरहित स्वास्थ्य बीमा, मोटर अतिरिक्त लाभ बीमा, दक्क मनिस्थिति बीमा, कोभिड–१९ भ्याक्सिन तथा अन्य भ्याक्सिनको प्रयोगशाला परीक्षण बीमाजस्ता नविनतम बीमाको सुरुवात गरी नेपालमा बीमाको विस्तार गर्न उल्लेखनीय योगदान पुर्याउँदै आइरहेको छ ।
इन्स्योरेन्सलाई विगतमा पनि अन्य विभिन्न निकायहरुबाट बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी अफ द इयर तथा बेष्ट इन्स्योरेन्स कम्पनी अफ द इयरबाट सम्मान प्रदान गरिएको थियो । साथै शिखर इन्स्योरेन्स ‘ए’ रेटिङ प्राप्त नेपालको पहिलो तथा एक मात्र बीमा कम्पनीका रुपमा रहेको छ ।
शिखर इन्स्योरेन्सले पायो बीमा क्षेत्रमै उत्कृष्ट कर्पोरेट एक्सेलेन्स अवार्ड
आर्थीकसंसार संवाददाता२५ पुष, २०७८
२५ पुष, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता