News Portal

  • सिभिल क्यापिटल मार्केटको १३औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२३ पुष, २०७८्
    ८१९ पटक
    २३ पुष, २०७८्

    काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको १३औंं वार्षिक साधारणसभा सिटिसी मल, सुन्धारा, काठमाडौंमा सम्पन्न भएको छ । सभाले साधारण प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पास गर्नुका साथै २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ ।
    विगत १३ वर्षदेखि सञ्चालन भइरहेको सिभिल क्यापिटलले निरन्तर रुपमा लाभांश प्रदान गर्दै आइरहेको भएतापनि गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशतसम्म लाभांश प्रदान गर्न सक्ने क्षमता भए पनि संस्थाको मजबुतिकाका लागि आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगरी सम्पूर्ण नाफा रकम जगेडा कोषमा सार्ने प्रस्ताव पारित गरिएकोछ । चालु आर्थिक वर्ष २०७८/७९ मा शेयरधनीहरुलाई उच्च प्रतिफलको लाभांश वितरण गर्न संस्था सफल हुने कुरामा साधारणसभाले शेयरधनीहरुलाई विश्वास गराएको छ ।
    सभाले विशेष प्रस्ताव अन्तरगत सम्बन्धित निकायको स्वीकृति लिई विभिन्न सेवाहरु सञ्चालन गर्ने प्रस्तावहरुसमेत स्वीकृत गरेको छ । छिटो छरितो तथा ग्राहकमुखि सेवा दिँदै ग्राहक एवं लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको सिभिल क्यापिटलले आगामी दिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदान गरि विशिष्ट स्थान प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्