News Portal

  • ज्योति विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२३ पुष, २०७८
    ७६७ पटक
    २३ पुष, २०७८

    काठमाडौं । ज्योति विकास बैंकको १४औं वार्षिक साधारण सभा मिति २०७८ पुष २३ गते शुक्रबार नक्साल, काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा सम्पन्न भएको छ । वार्षिक साधारणसभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था समेत गरिएको थियो ।
    उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर तथा ४.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ११ प्रतिशत बोनश शेयर पारित गरेपश्चात बैंकको चुक्ता पुँजी रू. ४.२६ अर्ब पुगेको छ ।
    साथै, बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
    यसका साथै साधरण सभाको अवसरमा बैंकले तम्घास, मुर्गिया र टाँडी स्थित थप ३ नयाँ शाखा कार्यालयहरुको उद्घाटन पनि गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष श्रीहरि प्रसादले डिजिटल प्रविधिमार्फत क्रमशः माथि उल्लेखित बैंकको १०६औं, १०७औं र १०८औं शाखाको उद्घाटन गर्नुभएको थियो । यसपश्चात उपत्यका र उपत्यकाबाहिर गरी बैंकका शाखा कार्यालयहरुको संख्या १०८ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्