News Portal

  • महिला सहयात्रा लघुवित्तको सातौं साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०७७
    ६४७ पटक
    १३ भदौ, २०७७

    काठमाडौं । केन्द्रीय कार्यालय चित्लाङ्ग मकवानपुर रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गरे ।
    सभाले २०७५/०७६ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भएबमोजिमको चुक्ता पुँजी १२ करोड १० लाखको ७ दशमलव ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयरसहित १७ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
    साथै संस्थाको हालको अधिकृत पुँजी २० करोडमा बृद्धि गरी ४० करोड पुर्याउने विशेष प्रश्तावसमेत पारित गरेको छ । संस्थाको बोनसपश्चात चुक्ता पुँजी १३ कारोड ३१ लाख हुने छ ।
    राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले ३४ वटा शाखा कार्यालयहरुमार्फत ३५,००० भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा तथा ग्राहक सदस्यहरुलाई स्वरोजगारका लागि लघुउद्यम तालिम प्रदान गर्दै महिला उद्ममशिलता विकासमा जोड दिँदै आएको संस्थाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्