News Portal

  • महालक्ष्मी विकास बैंकले बाँसगढी नगरपालिकालाई दियो ट्रि गार्ड

    आर्थीकसंसार संवाददाता२१ पुष, २०७८
    १३०५ पटक
    २१ पुष, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले बाँसगढी नगरपालिकालाई दश थान ट्रि गार्ड सहयोग गरेको छ । बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त नगरपालिकालाई सो मात्राको ट्रि गार्ड दिएको हो ।
    बैंकले बर्दियास्थित महेन्द्र राजमार्गमा रहेका बोटविरुवाको संरक्षणका लागि उक्त सहयोग गरेको हो । साथै, बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।
    कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल तथा बिभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।
    बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्