News Portal

  • प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो तयारी पूरा

    आर्थिकसंसार संवाददाता१२ भदौ, २०७७
    १८६८ पटक
    १२ भदौ, २०७७

    काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा हुने प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
    पुम्से विधामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । प्रतियोगितामा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का २ स्वर्ण विजेतासहित १ सय ७० खेलाडीको सहभागिता रहने बताइएको छ । १३औं सागका स्वर्ण विजेता नीता गुरुङ र सन्जिला तिम्सिनाले सहभागिता जनाउने भएका हुन् । त्यस्तै १३औं सागका कांस्य विजेतात्रय दीपेन्द्र गुरुङ, प्रेमबहादुर आले र अस्मिन राउतले पनि प्रतियोगितामा सहभागिता जनाउँदै छन् ।
    शनिबार र आइतबार हुने प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी जम्मा ११ स्पर्धामा खेल हुनेछ । पहिलो दिन ६ स्वर्णको छिनोफानो हुने अध्यक्ष खड्काले जानकारी गराए ।
    राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले भिडियो सन्देशमार्फत प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका छन् ।

    प्रतिकृया दिनुहोस्