News Portal

  • बीओके स्मार्ट सेभिङ्ग अकाउन्टमा ६.५५ प्रतिशत व्याज पाइने

    आर्थीकसंसार संवाददाता१८ पुष, २०७८
    ९३३ पटक
    १८ पुष, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुलाई मध्य नजर गर्दै बिओके स्मार्ट सेभिङ्ग अकाउन्ट सार्वजनिक गरेको छ ।
    ‘कारोबार अब अझ फटाफट’ भन्ने मुलनाराका साथ ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरुमा थुप्रै छुटहरुको साथ उच्चतम व्याजदरको व्यवस्थासहित बैंकले उक्त बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।
    उक्त बचत खाता ग्राहकहरुले प्रविधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्नुहुनेछ । यस बचत खाता खोल्दा ग्राहकहरुले ६.५५ प्रतिशत वार्षिक व्याजदर सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, बिओके इकम डलर कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य बैंकिङ्ग सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्नेछन् ।
    थुप्रै छुट अनि धेरै सुविधाहरुसहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहकहरुको बैंकिङ्ग कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।
    हालसम्म बैंक अफ काठमाण्डूले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्