News Portal

  • ६ सय ४९ स्थानीय तहमा तत्काल ५ बेडको अस्पताल सञ्चालन गर्नेः स्वास्थ्य मन्त्री ढकाल

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०७७
    १३५३ पटक
    १२ भदौ, २०७७

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल तुरुन्तै सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
    स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल नभएका ६४९ स्थानीय तहमा एकै पटक अस्पताल सञ्चालनमा ल्याउने निर्णय गर्नुभएको हो ।
    उक्त अस्पतालमा एमबीबीएस डाक्टर एक जना र नर्स दुई जना हुनेछन् भने आवश्यक संख्यामा स्वास्थ्यकर्मीहरू पनि रहनेछन् । मन्त्री ढकालले अस्पताल सञ्चालनका लागि आवश्यक बजेट ६४ करोड पनि आजै निकासा गर्नुभएको छ । स्थानीय तहमा कहाँ अस्पताल सञ्चालन गर्ने भन्ने निर्णय सम्बन्धित स्थानीय तहले गर्नेछन् । साथै अस्पतालको व्यवस्थापन पनि स्थानीय तहले नै गर्ने मन्त्री ढकालले बताए ।

    प्रतिकृया दिनुहोस्