News Portal

  • महालक्ष्मी लाइफको कलंकी शाखामा तीन जना एमडिआरटी बन्न सफल

    आर्थीकसंसार संवाददाता१६ पुष, २०७८
    ९३० पटक
    १६ पुष, २०७८

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको कलंकी शाखाबाट तीन जना अभिकर्ताहरु एमडिआरटी बन्न सफल भएका छन् । कम्पनीका एजेन्सी म्यानेजरहरु कुमार गुरुङ, रामहरी सापकोटा र बाबुराम बस्नेतले यस वर्ष न्युनतम ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेर एमडिआरटीका लागि छनोट भएका हुन् ।
    व्यवसायीक अभिकर्ताहरुको लागि अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जनको विषयसँग जोडिएको मिलियन डलर राउण्ड टेबलअन्तर्गत यस वर्षको अवधि आज सकिएको छ । सन् २०२१ मा एमडिआरटीमा पर्नका लागि आजसम्ममा ३५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नुपथ्र्यो । उनीहरुले टार्गेट पुरा गरेसँगै एमडिआरटी सम्मेलनका लागि अष्ट्रेलिया जान योग्य भएका छन् ।

    प्रतिकृया दिनुहोस्