News Portal

  • सिद्धार्थ बैंक पनि अब नेशनल पेमेन्ट स्वीचमा आवद्ध

    आर्थीकसंसार संवाददाता१६ पुष, २०७८
    ८६४ पटक
    १६ पुष, २०७८

    काठमाडौं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणकोको लागि औपचारिक रुपमा सम्झौता भएको छ ।
    उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपाट्र्मेन्ट एण्ड बिजनेस सपोर्ट प्रमुख सुरेश राज महर्जन र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
    यस सम्झौताअनुरुप सिद्धार्थ बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ ।
    उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, ननरियल टाइम तथा ओपन एपिआइका मार्फत बैंकले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछ ।

    प्रतिकृया दिनुहोस्