News Portal

  • एभरेष्ट बैंकको मोबाइल एप ओम्नी च्यानल प्रणालीमा अपग्रेड

    आर्थीकसंसार संवाददाता१४ पुष, २०७८
    ९७० पटक
    १४ पुष, २०७८

    काठमाडौं । एभरेष्ट बैंकले इबिएल–टच २४ (मोबाइल एप)लाई ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरेको छ । पौष १४ गते बैंकले आफ्नो मोबाइल बैंकिङ संस्करणलाई नयाँ ‘ओम्नी च्यानल’मा अपग्रेड गरेको हो ।
    अपग्रेड गरिएको मोबाइल बैंकिङ सेवाले बैंकका ग्राहकहरूलाई जुनसुकै बेला र जहाँ (मोबाइल, ट्याब, पीसी, ल्यापटप आदि) बाट पनि डिजिटल प्लेटफर्महरू प्रयोग गर्न सहज बनाउने बैंकले जनाएको छ ।
    बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एफ वान सफ्टका अध्यक्ष विश्वास ढकालको उपस्थितिमा उक्त प्रणालीको शुभारम्भ गरेको थियो ।
    हाल बैंकले आफ्नो १०५ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १३८ एटीएम तथा फराकिलो विश्वव्यापी नेटवर्कमार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्