News Portal

  • एनसीसी बैंकका ग्राहकले सिराइचुली होटलमा विशेष छुट पाउने

    आर्थीकसंसार संवाददाता१४ पुष, २०७८
    १०९० पटक
    १४ पुष, २०७८

    काठमाडौं । एनसीसी बैंकले एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको ४ तारे होटल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ ।
    बैंक र होटलबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो । होटलले फुड एण्ड बेभरेजमा १० प्रतिशत, र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउनेछ ।
    हालसम्म एनसीसी बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन एनसीसी बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
    देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा ११ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्