News Portal

  • सिटिजन लाइफ इन्स्योरेन्सका सीईओमा पौडेलको निरन्तरता

    आर्थीकसंसार संवाददाता८ पुष, २०७८
    १२३८ पटक
    ८ पुष, २०७८

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले निरन्तरता पाएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ पौडेललाई दोस्रो कार्यकालको लागि निरन्तरता दिने निर्णय गरेको हो ।
    एक साताअघि बसेको सञ्चालक समितिको बैठकले पौडलको कार्यकाल सकिनु एक महिनाअघि नै थप ४ वर्षको लागि निरन्तरता दिने निर्णय गरेको हो । सीईओ पौडेलको पहिलो कार्यकाल यही पुस महिनादेखि सकिँदै छ । चार वर्ष अवधिको पहिलो कार्यकालमा इन्स्योरेन्सलाई एक उचाईमा पुर्याउन सफल भएकोले नै सञ्चालक समितिले उनको कार्यकाल थप्ने निर्णय गरेको हो ।
    सीईओ पौडेलको कार्यकाल थप्नको लागि सञ्चालक समितिले नियामक निकाय बीमा समितिमा पेश गरेको छ । समितिको स्वीकृति पाएपछि उनले सिटिजन लाइफमा दोस्रो कार्यकाल सम्हाल्ने छन् ।
    पौडेलले गत २०७४ साल माघदेखि सिटिजन लाइफको सीईओको कार्यभार सम्हालेका हुन् । उनको कार्यकालमा छोटो अवधिमा कम्पनीले उच्चदरको ग्रोथ हासिल गरिरहेको छ । सिटिजनमा प्रमुखको नेतृत्व कार्यकाल सम्हाल्नुअघि उनले मेटलाइफ इन्स्योरेन्समा प्रमुख वित्तीय व्यवस्थापक भएर १५ वर्षसम्म काम गरेका थिए । त्यसअघि ६ वर्ष अडिट फर्ममा काम गरेका पौडेलसँग शिक्षण पेशा र एनजीओ तथा आइएनजीओमा समेत काम गरेको अनुभव छ ।
    चितवन स्थायी घर भएका पौडेलले गृह जिल्लामै स्नातक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । २०५३ सालमा काठमाडौं आएका उनले मेटलाइफमा काम गर्दागर्दै अमेरिकाबाट फिलोसिप इन लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट (एफएलएमआई) डिग्री समेत लिएका छन् ।

    प्रतिकृया दिनुहोस्