News Portal

  • बीमा समितिको सञ्चालकमा रिजाल नियुक्त

    आर्थीकसंसार संवाददाता८ पुष, २०७८
    ११४३ पटक
    ८ पुष, २०७८

    काठमाडौं । बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त भएका छन् । सरकारले उनलाई बीमितहरुको तर्फबाट समितिको सञ्चालकमा नियुक्त गरेको हो ।
    समितिको सञ्चालकमा यसअघि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ रहेका थिए । उनले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले रिजाललाई सञ्चालकको रुपमा नियुक्त गरेको हो ।
    उनले अर्थमन्त्रालयबाट आफु नियुक्त भएको पत्र प्राप्त गरिसकेको जानकारी दिए ।
    स्थायी घर दाङ भएका रिजालले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने अध्यापन पेशामा पनि उनी आवद्ध छन् । उनले बीमा क्षेत्रको समसामियक नीति निर्माण गर्न आफ्नो विशेष भूमिका र सक्रियता रहने पनि जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्