News Portal

  • नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता६ पुष, २०७८
    ८०३ पटक
    ६ पुष, २०७८

    काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मिति २०७८ पौष ६ गते (तदनुसार २१ डिसेम्बर २०२१) नेपाल एसबिआई बैंक लि.को केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भयो । उक्त सभाले कम्पनीको आ.व. २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफानोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गर्यो ।
    उक्त साधारणसभाले आ.व. २०७८/७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखा परीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिकसमेत अनुमोदन गरेको कम्पनी सचिव विष्णु हरि कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्