News Portal

  • आईएमई लाइफ इन्स्योरेन्सद्वारा ‘बिजनेस एक्सिलेन्स अवार्ड २०२१’ सम्पन्न

    आर्थीकसंसार संवाददाता५ पुष, २०७८
    ५३६ पटक
    ५ पुष, २०७८

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस एक्सिलेन्स अवार्ड–२०२१ होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ ।
    इन्स्योरेन्सले कूल २४ हजार ५०० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ मा उत्कृष्ट कार्य सम्पादन गरी आईएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ एमडीआरटीमा योग्य अभिकर्ता, अभिकर्ता, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरु र कर्मचारीहरुलाई सम्मान गरेको हो ।
    आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय ट्रेनरद्वारा एमडीआरटीलाई केन्द्रबिन्दु बनाई प्रशिक्षण दिइएको थियो ।
    आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । कम्पनीले आफ्नो सेवालाई समयसापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र ऊर्जाका साथ काम गर्नका लागि सबै उपस्थित अभिकर्तालाई प्रेरित गरेका छन् । त्यस्तै कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालले बीमा अभिकर्ता सम्मानजनक पेशा भएको र राष्ट्रको लागि योगदान पुर्याएको बताए ।
    कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिति थियो । आईएमई ग्रुपका म्यानेजिङ्ग डाइरेक्टर हेमराज ढकाल, कम्पनीका अध्यक्ष डा. रामहरि अर्याल र अन्य सञ्चालक समितिका सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा ब्राण्ड एम्बासेडर मनीषा कोइरालाको उपस्थिती थियो । उनीहरुले यस्ता कार्यक्रमले आईएमई लाइफका अभिकर्ताहरुलाई यस क्षेत्रमा क्रियाशील रहन अझ प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित अभिकर्ताहरुलाई प्रेरित गरे ।

    प्रतिकृया दिनुहोस्