News Portal

  • नेशनल लाईफद्वारा वरिष्ठ अभिकर्ताहरु सम्मानित

    आर्थीकसंसार संवाददाता४ पुष, २०७८
    ८४७ पटक
    ४ पुष, २०७८

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुईदिने वार्षिक राष्ट्रिय कार्यक्रम सम्पन्न गरेको छ ।
    कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रमअन्तर्गत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष २०७७÷७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले सम्मान एवं चियरपर्सन क्लब सदस्यता प्रदान गरेकी थिइन् ।
    उक्त कार्यक्रममा देशभरबाट आ.व. २०७७÷७८ मा आफ्नो व्यक्तिगत व्यवसायको आधारमा एवं एजेन्सी सञ्जालको आधारमा प्रथम, द्वित्तीय र तृत्तीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।
    यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा व्यक्तिगत व्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वित्तीय र युवराज वास्तोला तृत्तीय भएका थिए । यसैगरी अभिकर्ता सञ्जालको आधारमा निलु पूर्वे प्रथम, रत्नबहादुर खत्री द्वित्तीय र टिकाप्रसाद खरेल तृत्तीय भएका थिए ।

    प्रतिकृया दिनुहोस्