News Portal

  • एभरेष्ट बैंकको १०.३२ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२ पुष, २०७८
    ९७१ पटक
    २ पुष, २०७८

    काठमाडौं । एभरेष्ट बैंकले वार्षिक साधारणसभाले प्रस्तावित १०.३२ प्रतिशत लाभांश पारित गरेको छ । पुस १ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १०.३२ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।
    यससँगै, बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् ।
    बोनस शेयर वितरण भए पश्चात बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँ हुनेछ ।
    यस्तै बैंकको साधारणसभाले आ।व २०७८/७९ को लागि सुन्दर एंड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्