News Portal

  • जुम्लामा नबिल बैंकको वित्तीय साक्षरता तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता२ पुष, २०७८
    ८९० पटक
    २ पुष, २०७८

    काठमाडौं । नबिल बैंकले जुम्लामा युवा उद्यमशीलता र वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । बैंकले राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवालाई आत्मनिर्भर बनाउन उक्त ६ दिने तालिम सम्पन्न गरेको हो ।
    यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।
    महिलाहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरु तालिममा मात्र सहभागी नभएर, घर परिवारका सदस्यहरुलाई समेत तालिममा सहभागी गराएका थिए । उक्त कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।
    त्यस्तै, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौको कारोबार गरिरहेको उदाहरण दिँदै ठुलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न सबैलाई आग्रह गरेका थिए । उनले उद्यमशीलता विकास र स्वरोजगार प्रवद्धनमा नबिल बैंकको सधै साथ रहने बताए ।
    १९४ परिवारका सदस्यहरु सहभागी भएको उक्त तालिममा महिलाको संख्या आधाभन्दा बढी रहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्