News Portal

  • कृषि विकास बैंकको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२ पुष, २०७८
    १०६६ पटक
    २ पुष, २०७८

    काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस र उक्त बोनसमा लाग्ने कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
    प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
    साथै, नेपाल सरकारको हाल कामय भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको छ । बैंकले प्रत्येक वर्ष सरकारले लगानी गरेको करिब साँढे पाँच अर्बको लगानीबाट ६ प्रतिशत लाभांश वितरण गर्ने गरेको छ ।

    प्रतिकृया दिनुहोस्