News Portal

  • मनकामना केबुलकार चार दिनको लागि बन्द

    आर्थीकसंसार संवाददाता१ पुष, २०७८
    ९२९ पटक
    १ पुष, २०७८

    काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतिका लागि आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको छ ।
    जसअनुसार केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मतसंभार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ ।
    उक्त अवधिभरी केवलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत रहनेछ ।
    कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो ।
    लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पाट्र्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो । साथै, केबलकारको लठ्ठा, ग्रिपलगायतका उपकरणहरु पनि स्तरोन्नति गर्ने जनाइएको छ ।
    चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको पनि कम्पनीले बताएको छ ।
    कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहनेछ । यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केवलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस्