News Portal

  • सिटिजन्स बैंकका कार्डवाहकलाई ऐना युनिसेक्स सैलूनमा छुट

    आर्थीकसंसार संवाददाता१ पुष, २०७८
    ९६० पटक
    १ पुष, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ऐना युनिसेक्स सैलूनबीच बैंकका कार्डवाहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले ऐना युनिसेक्स सैलूनको सेवा सुविधामा विशेष छुट पाउनेछन् ।
    हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
    मोबाइल बैकिङ्गमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ८७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्