News Portal

  • सेन्ट्रल फाइनान्सको डिसीईओमा विनोद नरसिंह श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७८
    ८६३ पटक
    २८ मंसिर, २०७८

    काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)मा विनोद नरसिंह श्रेष्ठ नियुक्त भएका छन् । उनले सेन्ट्रल फाइनान्समा हिजो सोमवारबाट लागू हुने गरी कार्यभार सम्हालेका कम्पनीले जनाएको छ ।
    सन् १९९७ मा हिमालयन बैंकको अधिकृत स्तरबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेका श्रेष्ठले बैंक अफ काठमाण्डू, कुमारी बैंकलगायतका वाणिज्य बैंकहरुको उच्च व्यवस्थापन तहको २० वर्ष लामो कार्य अनुभवका साथै कृषि विकास बैंकको ग्रामीण वित्त क्षेत्र विकास क्लस्टर कार्यक्रमका बजार सल्लाहकारका रुपमा समेत काम गरिसकेका छन् ।
    व्यवसाय प्रशासनमा स्नातकोत्तर तथा शैक्षिक नेतृत्व विषय (मानविकि संकाय)मा एमफील गरेका छन् ।

    प्रतिकृया दिनुहोस्