News Portal

  • सानिमा जनरल इन्स्योरेन्सले कृषि तथा पशुपन्छी क्षति मूल्याङ्कनकर्ता तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७८
    ११२१ पटक
    २८ मंसिर, २०७८

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले भक्तपुर र विराटनगरमा कृषि तथा पशुपन्छी क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले गत मंसिर २० गतेदेखि शुरु भएको उक्त तालिम मंसिर २८ गते सम्पन्न गरेको हो ।
    इन्स्योरेन्सले भक्तपुरमा मंसिर २० देखि २२ गतेसम्म र विराटनगरमा मंसिर २६ देखि २८ गतेसम्म उक्त तालिम दिएको थियो ।
    कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम बीमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा विभिन्न कृषि तथा पशुपन्छी बिज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए ।
    इन्स्योरेन्सले कम्पनीले कृषि तथा पशुपन्छी क्षति मूल्याङ्कनकर्ताको तालिम अन्य जिल्लाहरुमा समेत क्रमशः सञ्चालन गर्ने योजना बनाएको छ ।
    कृषि तथा पशुपन्छी क्षति मूल्याङ्कनकर्ताको तालिमले बीमा क्षेत्रमा दक्ष जनशक्ति विकासमा सहयोग पुग्नुका साथै कम्पनीले सञ्चालन गरेको तालिमबाट बीमा क्षेत्रमा कृषि तथा पशुपन्छी क्षति मूल्याङ्कनकर्ता तयार भएकोले आगामी दिनमा उक्त बीमाको क्षति मूल्याङ्कन तथा दाबी भुक्तानीमा सहजता एवं प्रभावकारीता आउने विश्वास कम्पनीले लिएको छ ।

    प्रतिकृया दिनुहोस्