News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई स्पर्श मल्टि स्पेसालिटीमा विशेष छुट

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७८
    ७६९ पटक
    २८ मंसिर, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र वीरगन्जको स्पर्श मल्टि स्पेसालिटी हस्पिटल बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहकले स्पर्श मल्टि स्पेसालिटी हस्पिटलको सेवा सुविधामा विशेष छुट पाउनेछन् ।
    हालसम्म बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्गमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।
    बैंकले हाल १७४ वटा शाखा, १२३ वटा एटीएम र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्