News Portal

  • बीओकेका ग्राहकले लाइफ लाइन होम हेल्थमा विशेष छुट पाउने

    आर्थीकसंसार संवाददाता२७ मंसिर, २०७८
    १६२९ पटक
    २७ मंसिर, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डू र लाइफ लाइन होम हेल्थ केयर प्रालिबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
    सम्झौताअनुसार बैंकका ग्राहकले लाइफ लाइन होम हेल्थ केयरले प्रदान गर्ने ल्याब सेवामा १५ प्रतिशत र पिसिआर चेकजाच तथा नर्सिङ सेवामा १० प्रतिशत छुट पाउनेछन् ।
    बैंक अफ काठमाण्डूले हालसम्म ९१ शाखा, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्