News Portal

  • ग्लोबल आइएमई बैंकको १५औं साधारणसभा सम्पन्न

    १३.५ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२७ मंसिर, २०७८
    ८८८ पटक
    २७ मंसिर, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंकको १३.५ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २७ गते सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो ।
    सभाले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
    बैंकले आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन मुनाफा ७ अर्ब ९ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ ।
    बैंकको खुद मुनाफा आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा ४३.२० प्रतिशतले वृद्धि भई ४ अर्ब १६ करोड रुपैयाँ पुगेको हो । हाल बैंकले २ खर्ब ७४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
    बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ८५० भन्दा बढी सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्