News Portal

  • बीओकेका ग्राहकलाई सस्तो डिलको सुपर डे योजनामा छुट

    आर्थीकसंसार संवाददाता२७ मंसिर, २०७८
    ८३१ पटक
    २७ मंसिर, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले सस्तो डिलको सुपर डे योजनामा ३ हजारसम्म छुट पाउने भएका छन् ।
    बैंकले आफ्नो कार्डवाहकहरुलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नु उक्त विशेष छुटको योजना ल्याएको जनाएको छ ।
    सस्तो डिलले सुपर डे योजना मंसिर २९ गतेदेखि देखि पुस २ गतेसम्म सञ्चालन गर्न लागेको छ । जसअन्तर्गत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम ३ हजारसम्मको छुट पाउन सक्नेछन् ।
    बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्