आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७८
२६ मंसिर, २०७८काठमाडौं । एनएमबि बैंकले विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ब्राण्ड एम्बेसेडर रहेका अभिनेता तथा समाजसेवी पल शाहको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले शनिबार मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकी सिनवारी शाखा र विराटनगरको महेन्द्र चौकस्थित प्रदेश कार्यालयको प्राङ्गणमा बैंकको वित्तीय योजनाका बारेमा जानकारी दिन दुई बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरेको थियो । शाहको उपस्थितिमा बैंकले शनिबार बुढीगंगास्थित शाखा अगाडि बिहान १० बजे र महेन्द्र चौकस्थित प्रदेश कार्यालय अगाडि १ बजे कार्यक्रमको आयोजना गरेको थियो ।
प्रदेश नं १ मा ३० र विराटनगरमा मात्रै ३ वटा शाखा भएको एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।