News Portal

  • आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालयको शीलान्यास

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७८
    ८३१ पटक
    २४ मंसिर, २०७८

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको काठमाडौं–३ पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको आज मिति २०७८ साल मङ्सिर २४ गते शुक्रबारका दिन बिहान ८ बजको शुभसाहितमा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट शीलान्यास सुसम्पन्न भयो । उक्त शीलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाललगायत सम्पूर्ण सञ्चालकहरु, संस्थापक शेयरधनीहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरुलगायतको उपस्थिति थियो ।
    शीलान्यासको शुभ साहितको समयमा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट भवनको जगमा शीला राखेर शुभ साहितमा भवनको शीलान्यास गर्नुभयो । उक्त शीलान्यास समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले आफ्नो व्यस्थताको बाबजुत पनि समारोहमा उपस्थित भई भवनको शीलान्यास गरिदिनु भएकोमा बीमा समितिका अध्यक्षलाई सञ्चालक समिति तथा आइजीआई परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि आज शीलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने जानकारी गराउँदै यस सुखद समारोहमा उपस्थित भई हामीलाई हौसला प्रदान गरिदिनु भएकोमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेललगायत उपस्थित सम्पूर्ण महानुभावहरुलाई हृदयदेखि धन्यवाद व्यक्त गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्