News Portal

  • सिटिजन्स बैंकले लघुवित्त परियोजनाअन्तर्गत मृतक ग्राहकका परिवारलाई ८ लाख प्रदान

    आर्थीकसंसार संवाददाता२२ मंसिर, २०७८
    ६१२ पटक
    २२ मंसिर, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले लघुवित्त परियोजना अन्तर्गत दुई व्यक्तिलाई ८ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
    बैंकले शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निज मृतकका श्रीमान् जब्बर अली तेलीलाई ३ लाख ६५ हजार ७७४ रुपैयाँ र अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकामा निज मृतकका छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार १२२ रुपैयाँ हस्तान्तरण गरेको हे ।
    उक्त रकम सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मंगलबार गते एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका थिए ।
    लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरिएको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्चसहित बैंकले बीमा कम्पनीमा रकम दाबी गरी सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो ।
    सिटिजन्स बैंक इन्टरनेशनलले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाईमार्फत करिव १४ हजार विपन्न महिलाहरुलाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ११४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्