काठमाडौं । एशियन इन्स्योरेन्स कम्पनीको धरान शाखाले मृतकको छोरीलाई पढाई खर्च वापतको रकम तथा बीमाङ रकम दिन नपर्ने गरी अभिभावकत्व ग्रहण गरेको छ । बीमित केशवबहादुर श्रेष्ठको मृत्यु भएकाले उनको छोरी सपना श्रेष्ठलाई बिमाङ्क रकम २ लाख २० हजारको १ प्रतिशत अर्थात २ हजार २० रुपैयाँ प्रत्येक महिना पढाई खर्च बापत पाउने र बर्षको किस्ता १५,०४० जम्मा गर्नु नपर्ने कम्पनीले जनाएको हो ।
धरान शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, बरिष्ठ व्यवसाय प्रबन्धक काजीमान लिम्बु, म्यालुङ्ग न.पा–६, ८ बडा सचिव ढुण्डीराज सुवेदी, म्यालुङ्ग न.पा–७ दिनेश तामाङ्ग, मित्र ब. परियार, प्रेमकान्त चौधरी, खिनमाया तामाङ्ग, सोम कुमारी सिंजागु, सहायक रिलेशनसिप म्यानेजर लोकचन्द्र श्रेष्ठलगायत स्थानीय व्यत्तिहरुको रोबरमा मृतकको श्रीमती एवं बच्चाको आमा उषा श्रेष्ठलाई अभिभावकत्व ग्रहण गरेको पत्र हस्तान्तरण गरेका थिए ।
मृतकले ४ वर्ष बच्चासहित अभिभावकको बीमा गर्न मिल्ने बाल भविष्यमा बीमा योजना खरिद गरेका थिए । उक्त कार्यक्रममा मृतक आफन्तका परिवारले बच्चाको १६ वर्षसम्म अभिभावकको भूमिका निर्वाह गरेकोमा एशियन लाइफलाई धन्यवाद दिएका थिए ।
एशियन लाइफद्वारा १६ वर्षसम्म सपना श्रेष्ठको अभिभावकत्व ग्रहण
आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७८
२१ मंसिर, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न