News Portal

  • नेपाल सरकार र कृषि विकास बैंकबीच भिटा परियोजनाका लागि सम्झौता

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७८
    १४७० पटक
    २१ मंसिर, २०७८

    काठमाडौं । भिटा परियोजनाको लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता भएको छ । सरकार र बैंकबीच अमेरिकी डलर ८ करोड ३३ लाख छ हजार बराबरको सहायक ऋण सम्झौता भएको हो ।
    उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेपाल सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका निमित्त प्रमुख ढकाराम तिवारीले हस्ताक्षर गरेका छन् ।
    बैंकको अनुसार यस परियोजनाबाट ६ वर्ष अवधिभित्र १ लाख २५ लाख कृषकहरु लाभान्वित हुने अनुमान गरिएको छ । कृषि मूल्य श्रृङ्खलाको विकास र विस्तारका लागि कार्य गर्ने यस परियोजनाले कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुका साथै हेफर ईन्टरनेसनल संस्थासँग सहकार्य गर्दै कृषकहरुको क्षमता अभिवृद्धि गर्ने कार्यसमेत गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ ।
    ३० वर्ष अवधिको लागि कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी)को सहयोगमा नेपाल सरकार, अर्थमन्त्रालय मार्फत कृषि विकास बैंकलाई प्राप्त यस ऋण रकम बैंकले नेपाल सरकारबाट ५ प्रतिशत व्याजदरमा पाप्त गर्ने छ ।
    कृषि विकास बैंकले निकै लामो अन्तरालपछि यस किसिमको सहुलियत ऋण सहयोग प्राप्त गर्न सफल भएको हो । बैंकिङ बजारमा देखिएको तरलता अभावलाई कम गर्न नेपाल सरकारको यस किसिमको कार्यक्रमले टेवा पुग्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्