News Portal

  • कुमारी बैंकको ‘फोन लोन इएमई’ योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता२० मंसिर, २०७८
    ११५४ पटक
    २० मंसिर, २०७८

    काठमाडौं । कुमारी बैंकले ‘फोन लोन ईएमआई’ योजना ल्याएको छ । जुन नेपाली बैंकिङ क्षेत्रमै पहिलो योजना हो ।
    बैंकले सोमबार पत्रकार सम्मेलन गर्दै ‘बाई नाउ, पे लेटर’ भन्ने नाराका साथ यो योजना सार्वजनिक गरेको हो । जुन नेपाली बैंकिङ क्षेत्रमै पहिलो योजना हो ।
    यससँगै कुमारी बैंकमा तलब खाता भएका ग्राहकले न्युनतम १ हजारदेखि २ लाखसम्मको कुमारी स्मार्ट मोबाइल बैंकिङबाट यो सुविधा लिन सक्नेछन् ।
    उक्त लोन १२ महिनाभित्रको अवधिमा तिर्न सकिने बैंकले जनाएको छ । बैंकले एफवान सफ्टसँगको सहकार्यमा यो योजना ल्याएको हो । ग्राहकलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने उद्देश्यले यो योजना ल्याएको बैंकले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्