News Portal

  • “एनआईबिएल सहभागिता फण्ड” खुलामुखी योजना इकाईहरुको बिक्री गर्ने

    आर्थीकसंसार संवाददाता२० मंसिर, २०७८
    ६०८ पटक
    २० मंसिर, २०७८

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” (खुलामुखी योजना) को हाल योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्घारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस योजनाका स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणाली मार्फत खरीद तथा अन्य विभिन्न अनलाईन सुविधाहरुको व्यबस्था गर्दै आइरहेकोमा यस क्यापिटलले अब उप्रान्त यस योजनाका इकाईधनीहरुले मिति २०७८ मंसिर १९ गते आइतबार बाट सोही विद्युतीय प्रणाली मार्फत इकाईहरुको बिक्री गर्न सक्ने समेत जानकारी गराइएको छ ।
    थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट www.niblcapital.com तथा मुख्य कार्यलय (फोन नम्बर: ०१४४२५२८०) मा सम्पर्क गर्न सकिने छ ।

    प्रतिकृया दिनुहोस्