News Portal

  • नबिल बैंकले पलाँता गाउँपालिकाका उद्यमीलाई सहुलियतपर्ण कर्जा दिने

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७८
    ९०५ पटक
    १९ मंसिर, २०७८

    काठमाडौं । नबिल बैंकले कालिकोट पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकले पलाँता गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारीसमेत गरेको छ ।
    उक्त सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष लक्ष्मण बहादुर बमले साझेदारी हस्ताक्षर गरेका थिए ।
    उक्त साझेदारीमार्फत गाउँपालिकाहरुले स्थानीयस्तरमा संचालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रमरतालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रमरतालिमहरुमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

    प्रतिकृया दिनुहोस्