News Portal

  • के.एल. दुगड समूहअन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मान

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७८
    १९५४ पटक
    १७ मंसिर, २०७८

    काठमाडौं । मोरङ व्यापार संघले के.एल. दुगड समूहअन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मान गरेको छ ।
    के.एल. दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइ उत्कृष्ट निर्यातकर्ता भएकोमा मोरङ व्यापार संघले सम्मान गरेको हो ।
    संघले उक्त सम्मान आफ्नो ६५औं वार्षिक साधारणसभाको समुदघाटन समारोहको अवसरमा अर्थमन्त्री जनार्दन शर्माबाट स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.का संचालक विकास दुगडलाई प्रदान गरेको हो ।
    स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.ले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेलजस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरी बिक्री–वितरण गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्