News Portal

  • फस्र्ट माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०७८
    १५९९ पटक
    १६ मंसिर, २०७८

    काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १२आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । आम्रपाली व्याङ्केट भाटभटेनीमा सम्पन्न भएको उक्त साधारणसभाले १० प्रतिशत बोनश शेयर वितरणको विशेष प्रस्ताव पारित गरेको छ ।
    सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । बोनश शेयर वितरणपछि अधिकृत, जारी र चुक्ता पुँजी बढ्ने भएकाले सोहीअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
    संस्थाको चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँ थियो । सभाले पारित गरेको लाभांश वितरणसँगै ९६ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्