News Portal

  • नेपाल एसबिआई बैंकले जानकी मन्दिरमा पनि डिजिटल भुक्तानी

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७८
    १२२१ पटक
    १७ मंसिर, २०७८

    काठमाडौं । नेपाल एसबिआई बैंकले जानकी मन्दिरलाई कयुआर कोड र पिओएस मेसिन हस्तान्तरण गरेको छ । योसँगै अब जानकी मन्दिरमा डिजिटल माध्यमबाट तीर्थयात्रीहरुले भुक्तानी गर्न पाउनेछन् ।
    यससँगै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसरलाई सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको छ ।
    यस पहलले जानकी मन्दिरको सौन्दर्यमा वृद्धि हुनका साथै पर्यटन प्रवद्र्धन र मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीको आरामदायी बसाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्